मुलुकलाई अघि बढाउने चूनौतिपूर्ण अवसर प्राप्त भयो : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको इतिहासमा मुलुकलाई अघि बढाउने चूनौतिपूर्ण अवसर प्राप्त भएको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा योङ कम्युनिष्ट लीग नेपालको तेश्रो पूर्ण बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो अधिवेशनबाट असाधारण र अभूतपूर्व रुपमा विस्वासको मत प्राप्त भएको र नेपालको इतिहासमा मुलुकलाई अघि बढाउने चूनौतिपूर्ण अवसर प्राप्त भएको बताउनुभएको हो ।
उहाले विगतमा क्रान्तिद्वारा गणतन्त्र स्थापना गर्ने र संविधानसभाबाट समावेशी र समानुपातीक संविधान निर्माण गर्ने चूनौतिपूर्ण काम माओवादी कै नेतृत्वमा भएको भन्दै अव मुलुकलाई अघि बढाउने अवसरलाई पनि पुरा गर्ने धारणा राख्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले यसअघि माओवादी नेतृत्वको सरकारले सुरु गरेका कतिपय राम्रा कार्यक्रमलाई बिभिन्न कारणले कार्यान्वयन गर्न नसकिएको भन्दै अव संकल्पका साथ सवै कामलाई पुरा गर्ने दावी गर्नुभयो ।
प्रचण्डले अहिले आर्थिक समृद्धिको यात्राको परिकल्पनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सके समाजवादतर्फको यात्राको आरम्भ हुनसक्ने र नेपाल नयाँ युगतर्फ जाने जिकिर गर्नुभयो ।