आजै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रम दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आजै पूर्णता पाउने बताएका छन् । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा पाँच घण्टा छलफल गरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले सो कुरा बताएका हुन ।
प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिने सबै पार्टीका नेताहरुसँग सभामुख निर्वाचनबारे छलफल भइरहेको बताउँदै कांग्रेससँग पनि छलफल हुने बताएका छन् ।
ओली र दाहालको ‘लन्च मिटिङ’ मा आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल भएको बताइएको छ ।
राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले सशंकित भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आइतबार साँझसम्ममा मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका थिए। यद्यपि पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएसँगै प्रचण्डका सबै औपचारिक कार्यक्रमहरु रद्द भएका थिए ।