हाम्रो मुख्य प्रतिस्पर्धी एमालेलाई सर्वसम्मत हुन नदिन कांग्रेसको उम्मेदवारी : लेखक
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेसको राजनीतिक प्रतिस्पर्धी नेकपा एमाले भएको र उसलाई सर्वसम्मत हुन नदिन पनि उम्मेदवारी दिनु परेको बताएका छन् । उपसभामुख चयनको विषयमा छलफल गर्न बोलाएको कांग्रेस पदाधिकारीको बैठकपछि नेता लेखकले सो कुरा बताएका हुन ।
उनले भनेका छन् ,‘संघमा् हामी सबैभन्दा ठूलो दल हो र प्रदेशसभामा पनि सबैभन्दा ठूलो दल हो । प्रतिस्पर्धा गर्नुपर्ने सबै ठाउँमा प्रतिस्पर्धा गछौं । तर राजनीतिक प्रतिस्पर्धा त एमालेसँग हो नि ।त्यसैले उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौं ।’
नेता लेखकले सर्वदलीय बैठकमा राष्ट्रिय सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग छलफल नगरेको गुनासो पनि गरेका छन् ।
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख उपसभामुख गरी ४ वटा पदमा राष्ट्रिय सहमति गर्न सकिन्छ कि भनेर प्रस्ताव राखेको र कांग्रेसले सहमतिका लागि तयार रहेको बताए पनि सभामुख, उपसभामुखका बारेमा छलफल नभएको गुनासो नेता लेखकले गरेका छन् ।