सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ६ हजार

काठमाडौँ । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको हो । सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि सुनको सबैभन्दा धेरै मूल्य गत वर्ष फागुनमा प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुगेको थियो । अहिले सुनको मूल्यले त्यो रेकर्ड पनि तोडेको हो ।
चाँदीको मूल्य भने घटेको छ। सोमबार १ हजार ३ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा मंगलबार १ हजार ३ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।