आत्मदाह गरेका आचार्यले उठाएका बिषयको सरकारले अध्ययन र छानविन गर्ने

काठमाडौं । सरकारले संसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका बिषयहरुको अध्ययन गरेर छानविन गर्ने भएको छ ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रेमप्रसाद आचार्यको आत्मदाह र उनले उठाएको बिषयमा छलफल गर्दै उक्त बिषयको अध्ययन गरेर छानविनमा ल्याउने जिम्मा गृहमन्त्रालयलाई दिइएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन् ।
गृहले छानविन गरेर आवश्यक कदम चाल्ने उनले बताएका छन् । छानविनबाट आएका निष्कर्षमाथि आवश्यक कारवाही सुरु गरिने मन्त्री लामिछानेले बताएका छन् ।
बिभिन्न बिषयप्रति असन्तुष्टि जनाउदै मंगलवार दिउँसो बानेश्वरको संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनको बुधबार उपचारका क्रममा निधन भएको थियो ।