गुल्मी काँग्रेसले स्थानीय तह र सम्पर्क समितिका नियमित सम्मेलन गर्ने

नेपाली कांग्रेस गुल्मीले जिल्लाका सबै तहमा सम्मेलन गर्ने भएको छ । मङ्गलबार जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवनमा बसेको जिल्ला कार्यसमितिको आठौँ बैठकले सबै स्थानीय तह र सम्पर्क समितिका नियमित सम्मेलन गर्ने निर्णय गरेको हो । पार्टीको विधान अनुसार स्थानीय तह, प्रदेश र क्षेत्रको नियमित सम्मेलन गरिनुका साथै विभिन्न सहरमा भएका सम्पर्क समितिको अधिवेशनलाई यहि फागुन मसान्त भित्र सक्ने गरि सबै तहका तयारीका लागि प्रतिनिधी खटाउने निर्णय गरेको छ ।

जिल्ला सभापति खिलध्वज पन्थीको सभापतित्वमा भएको जिल्ला समितिको वैठकमा प्रदेशसभा र संघीयसभाका हालै सम्पन्न निर्वाचनका बिषयमा खुलेर वहस र समीक्षा भएको थियो । प्रदेश र संघको सम्पन्न निर्वाचनको बुँदागत समीक्षा, गठवन्धनको प्रभावकारिताका साथै मुलुकको वर्तमान राजनैतिक अवस्था, पार्टीका तर्फबाट केन्द्र र प्रदेश सरकारका काम जनताको पक्षमा भए÷नभएको शुक्ष्म अध्ययन गर्ने कार्यलाई अगाडी बढाउँदै संगठनका हरेक गतिविधीलाई जनउपयोगी वनाएर अगाडी वढ्ने लगायतका निर्णय गरेको हो ।
सभापति पन्थीले, वैठकमा आएका विभिन्न विचार र सुझाव सल्लाहका साथै प्रदेशसभा र संघीय सभाको निर्वाचनमा सक्रिय सहभागि भई गठवन्धनलाई सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिदै, देखिएका केही कमीकमजोरीलाई औल्याएर भविश्यका लागि दिशानिर्देश गर्ने खालका कार्यमा सक्रिय भएर संगठन विस्तारमा लाग्न सबैलाई आग्रह गर्नुभयो । पार्टी सचिव भगत सिंह खड्काले प्रस्तुत गर्नुभएको हाल सम्मका संगठनात्मक अवस्थाको बिषयमा जानकारी दिदै, अगामी दिनमा संगठन र सचिवालयलाई अझै वढी प्रभावकारी वनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैठकमा लुम्बिनी प्रदेश सदस्य तथा महिला नेतृ विष्णु सापकोटाले पार्टी संगठनलाई सुदृढ बनाएर लैजानका लागि प्रदेश र जिल्ला हँुदै पार्टीको तल्लो तहसम्मका नेता तथा कार्यकर्ताहरुको मनोवल उच्च बनाएर अगाडी बढाउनु आजको आवश्यकता रहेको बताउनुभयो । बैठकको कार्यसूची अनुसार, पार्टीका कोषाध्यक्ष अखिलेश्वर पाण्डेले, पार्टीको आर्थिक अवस्थाका बिषयमा जानकारी दिनुभएको थियो ।
उपसभापतिहरु अनन्तराम पौडेल, शिववहादुर केसी, सहसचिव छविपाण्डे,क्षेत्रीय सभापतिहरु पारिश्वर ढकाल, चन्द्रबहादुर महत, जिल्ला कार्य समितिका सदस्यहरु हरिकुमार श्रेष्ठ, धातानन्द भण्डारी, थम्मनसिंह आले, गोपाल पाण्डे, वेदवहादुर थापा, सुनिता जिसी लगायतका व्यक्तित्वहरुले जिल्लामा संगठन विस्तार र शुद्धिकरण गरेर अगाडी बढ्ने निर्णय भएको भएको हो ।