नयाँ राष्ट्रपति उम्मेदवार साझा व्यक्तित्व, सबै दलबीच सहमति हुनुपर्छ : माओवादी
काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र नयाँ राष्ट्रपतिको उम्मेदवार सबै दलले स्वीकार्ने प्रकृतिको साझा व्यक्तित्व हुनुपर्ने निष्कर्ष निकालेको छ।
आज बसेको स्थायी समिति बैठकमा राष्ट्रपति पदमा सबै दललाई स्वीकार हुने साझा व्यक्तित्व अघि सार्नुपर्ने निष्कर्ष निकालिएको एक नेताले बताएका छन् ।
राष्ट्रपति साझा पद भएकाले पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिए जस्तै साझा रुपमा चुन्नुपर्ने माओवादीको निष्कर्ष छ ।