स्वास्थ्य सचिव पोखरेलको कमिशन मोह


काठमाडौं । प्रचण्ड नेतृत्वको नयाँ सरकारले भ्रष्टाचार नियन्त्रण गरी मुलकमा सुशासन कायम गर्ने प्रतिवद्वता जनाएको छ । स्वास्थ्य क्षेत्रमा पनि आमूल सुधार गर्न यो सरकार जोडदार रुपमा लाग्ने प्रधानमन्त्री उदघोष गरेका छन् । ०७९ पुस ६ गते एक कार्यक्रमका बिचमा प्रधानमन्त्री पचण्डले मृत्यु पश्चात आफनो शरीर समेत दान गरिसकसेका छन् ।
तर मुलुकको स्वास्थ्य क्षेत्र भने दिनप्रति दिन कमजोर हुँदै गएको छ । भर्खरै स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नेकपा एमालेका युवा नेता पदम गिरी र राज्यमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीकी युवा नेतृ डा. तोसिमा कार्की नियुक्त भएका छन् । स्वास्थ्य क्षेत्रको खस्कदो अवस्थालाई मन्त्रीद्वयले कसरी सुधार गर्लान मन्त्रालयमातहतका कर्मचारीले प्रतिक्षा गरिरहेका । स्वास्थ्य सचिव भने डा. रोशन पोखरेल रहेका छन्् । सचिव पोखरेलले स्वास्थ्य उपकरण खरिद, नयाँ भवन निर्माण, नयाँ स्वास्थ्य कार्यक्रम सञ्चालनमा व्यापक रुपमा सरकारी बजेटको दुरुपयोग हुँदासमेत आँखा चिम्लिने गरेको गुनासो मन्त्रालय भित्र चल्दै आएको छ ।
अर्थ मन्त्रालयबाट बजेटको व्यवस्था गरी रकम पठाएको भन्दै काम सम्पन्न भएपछि मलाई भेटनु भन्दै उनले कमिशन मोह राख्ने गरेको स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीले बताउने गरेका छन्् । कमिशन नदिने प्रमुखलाई उनले सरूवा गरेर दुःख दिने गरेको गुनासो बाहिर आएका छन् । वीर अस्पतालका पुर्व निर्देशक डा. दामोदर पोखरेलका उनी भतिजा हुन् । जनकुपर निवासी पोखरेलले स्वास्थ्य मन्त्रालयमा सचिव भए पछि जनताले अनुभुति गर्ने गरी खास काम गर्न सकेका छैनन । उनको कार्यशैली र प्रभावकारी रुपमा काम गर्न नसक्दा स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारी पनि असन्तुष्ट रहेका छन् ।
स्वास्थ्य क्षेत्रका १२ औं तहका प्राविधिक सहसचिव स्वास्थ्य सचिवमा बढुवा हुन सक्ने प्रावधानले गर्दा उनी शक्तिशाली सचिव मान्निछन् । मन्त्रालयका डेलीभरी दिने कतिपय सेवा सुविधाका बारेमा मन्त्री र राज्यमन्त्रीलाई बुझ्न नै छ महिना समय लाग्ने गरेको छ । काम नबुझ्दै कतिपय मन्त्रीहरु मन्त्रालयबाट बाहिरी सकेका हुन्छन् । बिगतका कतिपय मन्त्री पद खुस्किने तरखर हुँदा सचिवले जे भन्यो मन्त्रीले त्यही कुरामा विश्वास गर्नुपर्ने बाध्यता रहेको छ । त्यसकारण सामान्य खरिद प्रकरणमा पनि सचिव नै हावी हुँदै आएको बताइन्छ । हरेक वर्ष स्वास्थ्य मन्त्रालय मातहत निकायमा अरवौ मुल्यका स्वास्थ्य उपकरण, सामग्री खरिद हुँदै आएको छ । सचिव पोखरेलले यस्ता सामग्री खदिमा कमिशनको मोह राख्ने गरेको मन्त्रालयस्रोतले जानकारी दिएको छ ।
सिस्टबाट आउने कमिशन रकम बाहेक पनि उनले अस्पताल, विभाग, निर्देशनालय, जनस्वास्थ्य कार्यालय र सप्लायर्ससँग पनि अतिरिक्त कमिशन असुल्ने गरेको गुनासो बाहिर आउन थालेका छन् । भर्खरै स्वास्थ्य मन्त्री भएका पर्वतका पदम गिरी स्वास्थ्य क्षेत्रसँग खासै जानकार छैनन् । राज्यमन्त्री कार्की उमेरले कलिलै भएपनि स्वास्थ्य क्षेत्र सुधार गर्न डा. गोविन्द केसीसँग सँगसँगै आन्दोलन गरेकी नेतृ हुन । उनले नेपाल मेडिकल काउन्सिलमा सदस्यका रूपमा काम गरिसकेकी र स्वास्थ्य क्षेत्रमा केही सुधार गरौ भन्ने भावनाले राजनीतिमा आएकी हुन । स्वास्थ्य क्षेत्रको जानकार रहेकी राज्यमन्त्री कै सचिव, महाशाखा प्रमुख, स्वास्थ्य सेवा विभागका महानिर्देशक र निर्देशकहरू कमिशन खान नपाइने भइयो भनेर डराएको जानकारस्रोत बताउँछ ।
अघिल्लो सरकारका स्वास्थ्य मन्त्री भवानी खापुङ सोझा र कमिशनका लागि खासै मोह नगर्ने स्वभावका थिए । त्यही भएर मन्त्रीको समेत कमिशन सचिव डा. पोखरेलले नै लिने गरेको उनी निकट मन्त्रालयस्रोत बताएको छ । त्यसअघिका मन्त्री विरोध खतिवडा २०४८ सालदेखि सांसद भएका, लेखा समितिमा बसेर सबै बिषय बुझेकोले छोटो समय मन्त्री हुँदा ७–८ करोड कमिशन बुझेको चर्चा बाहिर आएको छ ।