नागरिकता पाएका रविलाई सभापतिमै चयन गर्ने तयारी
काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रवि लामिछानले पुनः नागरिकता लिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । रविले नेपाली नागरिकता लिएसँगै पार्टीले अfकस्मिक बैठक बाेलाएकाे हाे ।
दिउँसो साढे ३ बजे बोलाइएको बैठकले रविलाई पुनः सभापति बनाउने तयारी रहेकाे छ । शुक्रबार मात्रै रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिएको थियो ।
यसअघि नेपाली नागरिकता लिएर सो नागरिकता त्यागी अमेरिकी नागरिकता लिनुभएका उहाँले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिनुभएकाे थिएन ।
उहाँविरुद्ध नेपाली नागरिकता नलिएकाे भन्दै सर्वाेच्च अदालतमा मुद्धा दायर भएकाे थियाे । उहाँले गत सम्पन्न आम निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेर उपप्रधानसहित गृहमन्त्री बन्नुभएको थियो ।
तर,सर्बोच्चले अन्तरिम आदेश जारी गर्दै उहाँ नेपाली नागरिक नभएको ठहर गरेको थियो ।