खानेपानीमा दीपेन्द्रको बदमासी


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनका पिए बनेका रूकुमबासी रमेश केसीका भाइ हुन दीपेन्द्र केसी । लामो समय खानेपानी तथा सरसफाइ मन्त्रालयको स्टोरकिपर भएर बस्दा लाखौं भष्टाचार गरेको आरोप लागेको छ । उनले जिन्सी शाखामा रहेर धेरै अपचलन गरेपछि सामान्य कारवाही स्वरूप २०७९ भदौमा जिन्सी शाखाबाट सरूवा गरेर अन्यत्र पठाइएको थियो । उनले अझै सो शाखामा बुझबुझारथ गरेका छैनन् । वार्षिक करिव २० लाख स्टेशनरी र मसलन्दको बजेट रहेको खानेपानी मन्त्रालयमा उनले कोटेशनमा खरिद गरेका सबै सामान स्टोरमा दाखिला नगर्ने तर कागजातमा भने दाखिला भएको भरपाई बुझि लिई भुक्तानीका लागि लेखामा फाइल पठाउने गर्दै आएका थिए ।
महाशाखा र शाखाबाट स्टेशनरीका सामान माग हुँदा माग गरिएको सामान आधा दिने,आधा पछि पठाइ दिन्छु भन्दै मिलाउने गर्थे तरपछि पठाउदैनथे । यसरी सप्लायर्ससँग मिलेर ३० प्रतिशत कमिशन खादै आएको बताइन्छ । उनले आफ्नो बदमासी लुकाउन यति बेला विभिन्न पत्रकारहरूलाई प्रयोग गर्दै सुचनाको हक अन्तर्गत सुचना माग गर्न लगाएर जो चोर उसैको ठुलो स्वर भने झै गलत र भ्रमपुर्ण समाचार प्रकाशित गराउदै हिडेंको गुनासो कर्मचारीले गरेका छन । मन्त्रालयका सचिव, सहसचिव र उपसचिवहरूलाई थर्काउदै पुनः जिन्सी शाखामा सरुवाका लागि दबाब दिदै आएको जानकारस्रोत बताउँछ ।
दिपेन्द्रका दाई कृष्ण केसी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा निकट रहेका छन । भाई केसी भने एमाले निकट नेपाल निजामती कर्मचारी संगठन आबद्व रहेका छन । हिजो संगठनका नेताहरूलाई खुशी बनाएर दस वर्षदेखि खानेपानी मन्त्रालयको स्टोर किपरमा बस्दा पनि उनलाई अझै चित्त बुझेको छैन । यति लामो समय स्टोरमा बसेर ‘तर’ मार्दै आएका केसी आज आफुलाई हटाएर अर्काे नयाँ कर्मचारीलाई पठाएपछि मर्मातह भएका छन ।
बिगतमा कर्मचारी संगठनका नेता मोहन कुमार घिमिरे, भोलानाथ पोखरेल, पुण्य प्रसाद ढकाल, केदार प्रसाद देवकोटा, लेखनाथ कोइराला, भवानी दाहालको पछि लागेर हिडेका केसी अहिले अध्यक्ष रेवन्त गौतम र महासचिव शरणकुमार गुरूङको पछि लागेर हिडेको बताइन्छ ।