सद भण्डारीकी माता हरिकला भण्डारीको निधनप्रति गुल्मी काँग्रेसद्वारा शोक व्यक्त

नेपाली काँग्रेसका नेता तथा गुल्मी जिल्ला प्रतिनिधि सभा क्षेत्र नं.१ बाट निर्वाचित सांसद डा.चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधनप्रति गुल्मी काँग्रेसले शोक व्यक्त गरेको छ ।

नेपाली काँग्रेस गुल्मीका जिल्ला सभापति खिलध्वज पन्थीले शोक विज्ञप्ति जारी गर्दै काठमाण्डौ स्थित आफ्नै निवासमा गए राती ग्यास सिलिण्डर बिष्फोट हुँदा घाइते हुनुभएकी ८६ वर्षिय हरिकला भण्डारीको उपचारको क्रममा बिहिबार बिहान १० बजेर ५७ मिनेटमा भएको दुःखद निधनप्रति शोक व्यक्त गर्नुभएको हो ।
सभापति पन्थीले ग्यास सिलिण्डर विष्फोट हुँदा ज्यान गुमाउनुभएकी स्वर्गीय हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै पन्थीले सबै सुभेच्छुकहरु, पार्टीका नेता कार्यकर्ताहरु एवम् समस्त नागरिकहरुलाई धैर्य गर्न अनुरोध गर्दै ग्यास सिलिण्डर विष्फोटका कारण घाइते हुनुभएका सांसद चन्द्र भण्डारीको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।