अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले आचार्य त्रय विरुद्ध गयो मुदा दायर

जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इन्जिनियरसमेतले घुसररिसवत लिई भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको सम्मानित विशेष अदालतमा दर्ता भएको मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका बद्रि आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्यले प्रतिकूल बकपत्र गरेको सम्बन्धमा अनुसन्धान हुँदा विशेष अदालत, काठमाडौंमा दर्ता भएको घुसररिसवत लिई भ्रष्टाचार गरेको मुद्दाको प्रतिवादी जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र प्रसाद साहसमेतको मुद्दामा घुसवापतको रकम दिने बद्रि आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्यसमेतलाई उक्त मुद्दाको अनुसन्धानको क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा छुट दिई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजहरुले विशेष अदालत, काठमाडौं समक्ष वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले निजहरु बद्रि आचार्य भन्ने समुन्द्र आचार्य र चिरञ्जिवी आचार्यले रु।२९,०००। घुस रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ बमोजिम कसुर गरेको देखिंदा निजहरु बद्रि आचार्य भन्ने समुन्द्र आचार्य र चिरञ्जिवी आचार्यलाई रु २९,०००। बिगो कायम गरी ऐ. ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय ख बमोजिम सजाय हुन र प्रतिवादी रत्न प्रसाद आचार्यले रु।८५,०००।( घुस रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३ को उपदफा ३ बमोजिमको कसुर गरेको देखिएकोले निज रत्न प्रसाद आचार्यलाई रु।८५,०००।( बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा २०५९ र दफा ३ को उपदफा ३ को देहाय ग बमोजिम सजाय हुन मागदाबी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।