मृगौला पीडितलाई आर्थिक सहयोग
गुल्मीमा एक मृगौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । शुक्रबार होटल व्यवसायी मञ्च गुल्मीले जिल्लाको कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ्ग निवासी दुवै मृगौला पीडित ४० वर्षिय सरुमा सुत्पराईलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सुत्पराई विशाल फोक्सिङ होटलकी सञ्चालक हुनुहुन्छ । जिवनमरणको दोसाधमा रहनुभएकी सुत्पराई अहिले उपचाररत हुनुहुन्छ ।
होटल व्यवसायी सरुमाको उपचारमा सहयोग पु¥याउने उद्देश्यका साथ होटल व्यवसायी मञ्चले जिल्लामा “सरुमा सुत्पराई बचाऔं” अभियान सञ्चालन गरेको थियो । मञ्चले सञ्चालन गरेको अभियानबाट ६५ हजार ५९० रुपियाँ आर्थिक संकलन् भएको थियो । जिल्लामा रहेका विभिन्न व्यवसायीहरुबाट आर्थिक सहयोग संकलन् गरिएकोमा रसिदबाट रु.४१ हजार ३३० र खुद्रा सहयोग २४ हजार २६० रुपियाँ संकलन भएको थियो ।
अभियानमाफर्त संकलन् भएको कूल ६५ हजार ५९० रुपियाँ सुत्पराईका श्रीमान बोमबहादुर सुत्पराईलाई हस्तान्तरण गरिएको हो । मञ्चका संस्थापक अध्यक्ष युवराज भण्डारी, अध्यक्ष जंगबहादुर कुँवर, निर्वतमान अध्यक्ष भेषराज कंडेलले आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो । सुत्पराईको पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग पु¥याउन आर्थिक सहयोग गरिएको मञ्चका जिल्ला अध्यक्ष जंगबहादुर कुँवरले जानकारी दिनुभयो ।
मृगौला पीडित सरुमाको मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरले बताएका छन् । तर घरपरिवारको आर्थिक अवस्था ज्यादै नाजुक रहेकाले आफुहरुले अभियान नै सञ्चालन गरी आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको कुँवरले बताउनुभयो । पछिल्लो समय आर्थिक मन्दीका कारण व्यवसायहरु फस्टाउन नसकिरहेकाले होटल व्यवसायीहरु थप मर्कामा परिरहेको बताउँदै अध्यक्ष कुँवरले व्यवसायीलाई पर्ने समस्यामा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आर्थिक मन्दी भइरहेको अवस्थामा पनि आर्थिक सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै मृगौला पीडित सुत्पराईको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष कुँवर, निवर्तमान अध्यक्ष भेषराज कंडेल, संस्थापक अध्यक्ष युवराज भण्डारी, उपाध्यक्ष विष्णुप्रसाद ज्ञवाली र मधु महर्जन, सचिव लालमणि आचार्य, सदस्य मैया कार्की, टेमलाल खनाल, हुमाकान्त खराल, कलानिधि खनाल, बिशेष सल्लाहकार मुकुन्दहरि गौतम लगायतको उपस्थितिमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । होटल व्यवसायी मञ्चमा आवद्ध सदस्यहरुलाई विपद्जस्ता समस्याहरुमा मञ्चले विगत देखिनै सहयोग गर्दै आएको निवर्तमान अध्यक्ष कंडेलले जानकारी दिनुभयो । होटल व्यवसायी मञ्च जिल्लामा सञ्चालित होटल व्यवसायीहरुको प्रतिष्ठित साझा संस्था हो ।