गुल्मीदरबारमा जनप्रतिनिधिले एक वर्षेमा गरेका कार्य प्रगति सार्वजनिक

गुल्मीदरबारमा जनप्रतिनिधिले एक वर्षेमा गरेका कार्य प्रगति सार्वजनिक

गुल्मी, जेठ १३ । स्थानीय तहको दोश्रो निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरूको एक वर्ष बितिसकेको छ । गुल्मीमा पनि स्थानीय तहका जनप्रतिनिधिहरूले एक वर्षको अवधिमा गरेका कार्यहरू धमाधम सार्वजनिक गरिरहेका छन् । सोही अनुसार जिल्लाको गुल्मीदरबार गाउँपालिकामा पनि जनप्रतिनिधिले एक वर्षमा गरेका कार्य प्रगति सार्वजनिक गरिएको छ ।
गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि जनप्रतिनिधिले एक वर्षमा गरेका कार्य प्रगति सार्वजनिक गरिएको हो । गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले आफूहरू निर्वाचित भईसकेपछि भौतिक पूर्वाधार विकासले गुणस्तरीय शिक्षा, स्वास्थ्यमा पहुँच स्थापित गरि सुशासनको प्रत्याभूतिका साथ सम्मुनत र समृद्ध गाउँपालिका बनाउने उदेश्य सहित अगाडि बढिएको बताउनुभयो ।
सबल, सक्षम, उद्यमशील स्थानीय सरकारः समृद्ध सम्मुनत हाम्रो गुल्मीदरबार भन्ने नारालाई सार्थक बनाउन आफूहरू लागि परेको बताउनुभयो । अध्यक्ष थापाका अनुसार १२८ वटा योजना सम्पन्न भएका, ३०९ सम्झौता गरिएको छ । एक घर एक धारा कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार , सेवा प्रवाह र प्रशासन, कृषि उद्यम कार्यक्रमलाई सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो,–‘मेरी आमा स्वस्थ आमा कार्यक्रम सञ्चालन गरिएको छ ।’ गाउँपालिकाले आफ्ना सूचनाहरूलाई प्रार्दशी रूपमा नागरिकहरू समक्ष पुर्याउन ई–बुलेटिन सञ्चालन गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
यस्तै गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा लागि डिपिआर तयार गरिएको, मुख्य क्षेत्रहरूमा सिमिटिभि जडान कार्य अगाडि बढाईएको थापाले जानकारी दिनुभयो । समय समयमा बजार अनुगमनको व्यवस्था मिलाईएको,जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । उहाँका अनुसार ३७ जना बालबालिकालाई नेतृत्व विकास तथा उद्घोषण तालिम सञ्चालन गरिएको, विद्यालयका लेखापालहरूलाई लेखा व्यवस्थापन तालिम, गणित विषय शिक्षकलाई पुर्नताजगी तालिम सञ्चालन गरिएको छ ।
यस्तै नमुना युवा सांसद कार्यक्रम सञ्चालन गरिएको, अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न गरिएको छ । प्रजनन् स्वास्थ शिविर सञ्चालन, उपाध्यक्ष कोसेली कार्यक्रम, साथी शिक्षा प्रशिक्षण गरिएको, गाउँपालिकालाई पूणर् खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गाउँपालिकाभित्रका नागरिकहरूको मोतिया बिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाईएको, दीर्घ रोगिका लागि नि;शुल्क औषधी वितरण, घातक रोग लागेका नागरिकलाई आर्थिक सहयोग गरिएको छ ।
पशुहरूमा लागेक लम्कि स्क्रिम रोग विरूद्वको भ्याक्सिन लगाईएको ,कृत्रिम गर्भाधान गराईएको, बीउ बोका र बाख्रा वितरण गरिएको अध्यक्ष थापाले बताउनुभयो । कृषक सम्मान, माटो परिक्षणको कार्य सुरू, कृषक सँग गाउँपालिका कार्यक्रम सुरू गरिएको, कृषि कर्जाको व्यवस्था गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम ९३ जनालाई १ सय दिनको रोजगारी प्रदान गरिएको छ । गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगा, प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी, वडाअध्यक्षहरू, कार्यापालिका सदस्यहरू पत्रकार लगायतको उल्लेखिय सहभागिता रहेको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रवक्ता शालिकराम टण्डनले गर्नुभएको थियोे ।