जाउँ हिड रेसुंगाले पर्यटनमा कस्तो प्रभाव पार्ला
गुल्मी जिल्ला पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्ला हो । पहिलो पर्यटकीय तथा धार्मिक गन्तव्यको रूपमा रेसुंगालाई लिने गरिन्छ । रेसुंगा ऐतिहासिक तपोभूमि, धार्मिक, प्राकृतिक तथा जैविक विविधताले भरिपुर्ण क्षेत्र हो । अथाह सम्भावना बोकेको रेसुंगामा पर्यटनलाई भित्र्याउन पछिल्लो समय नयाँ( नयाँ कार्यको थालनी समेत हुँदै आएका छन् ।
गुल्मीको शिरको रूपमा रहेको रेसुंगामा बनिरहेका भौतिक पूर्वाधार तथा स्थानीय तहका नयाँ( नयाँ रचनात्मक अभियानले अनुपम बन्दै गइरहेको छ । रेसुंगामा पुग्नका लागि सडक कालोपत्रेको कार्य जारी छ ।
अधिकाँश भागमा कालोपत्रेको कार्य सकिएको छ । केही भागमा बाँकी छ । करोडौंको लगानीमा तयार भएको गड्जुरा पार्क रेसुंगामा पुग्ने पर्यटकका लागि पहिलो गन्तव्य हो । आकर्षक रूपमा तयार भएको गड्जुरा पार्कले युवायुवती तथा घुम्ने पारखीहरूलाई लालायित बनाउँछ ।
यसरी कालोपत्रे सडक हुँदै त्यहाँबाट उकालो लागेपछि अनेकन प्राकृति फुलबारीको भ्रमणसँगै अनुपम प्राकृति छटाहरूको अवलोकनले मननै आनन्दित हुने गर्छ ।
रेसुंगामा पुगेपछि महापोखरीमा स्थान गर्न सकिन्छ । जहाँ चारधामको जल मिश्रित छ । महापोखरीबाट आकर्षक सिढी हुँदै उकालो लागेपछि प्रकृितलाई नजिकबाट नियाल्दै रामकुवाको चिसो पानिसँगै यज्ञशालाको दर्शन गर्न पुगिन्छ । यज्ञशाला पछि गुल्मी मात्र होइन भारतको सुनौली सम्म देख्न सकिने भ्यु( टावरमा पुग्न सकिन्छ । जहाँ पुग्दाआनन्दको छुट्टै अनुभुति हुन्छ ।
तल महापोखरी फर्किए पछि सानो रेसुंगा, हालै निमार्ण गरिएको राम( सीता मन्दिर र भुवने पार्कमा पुग्न सकिन्छ । त्यहाँबाट तल झरी रेसुंगा होमस्टेमा पुगि मगर संस्कृति र घाटु नाँचसँगै मगर परिकारको स्वाद लिन सकिन्छ ।
यस्ता कैयन स्थलहरूमा पर्यटकहरूलाई पुर्याउन अहिले रेसुंगा नगरपालिका कस्सिएको छ । राज्यका लगानी समेत रहेका थुप्रै धार्मिक आस्था र परम्परासँग जोडिएका मन्दिर समेत रहेका छन् । पहिचान गरिएका मन्दिरहरू सहित यहाँका धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्वनका लागि रेसुंगा नगरपालिका मिहिन योजनाका साथ अगाडि बढेको हो ।
रेसुंगा मात्र होइन, पूर्वमा रहेको कालीगण्डकी र पश्चिममा रहेको विचित्र गुफा र कंके देउराली समेत जोडेर पर्यटकीय सर्किटको विकास गरि जिल्लामा पर्यटक भित्र्याउन अहिले जाउँ हिड रेसुंगा अभियानको शुभारम्भ गरिएको छ ।
मूलतः धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगाको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि झजाउँ हिड रेसुंगा ञ अभियानको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले शुभारम्भ गर्नुभयो ।
जाउँ हिड रेसुंगा अभियानले जिल्लाको पर्यटकीय क्षेत्रमा कस्तो प्रभाव पार्ला रु मेयर पन्थी भन्नुहुन्छ , ( झजाउँ हिड रेसुंगा अभियान शुभारम्भ हुनुले गुल्मीको पर्यटन क्षेत्रको विकासका लागि महत्त्वपूर्ण इटा थपिएको छ ।
रेसुंगाको धार्मिक पर्यटनलाई सहयोग पुर्याउनेछ। व्यापार , व्यवसायका लागि र स्थानीय स्तरमा भएका सम्भावना पहिल्याउँदै आर्थिक विकास र रोजगारी सिर्जना हुन्छ भन्ने विश्वास लिएका छौं ।ञ
के ( के पर्यटकीय संरचना छन्, यहाँ रु
तम्घासस्थान मन्दिर, गौरवको आयोजनाका रूपमा रहेको गर्जुरा पार्क, रेसुंगा महापोखरी जहाँ आगामी वर्ष चारधाममा ट्याकर पठाएर जल ल्याइ मिसाइनेछ । यज्ञशाला, सिद्वबाबा, सरकारको उच्च पर्यटन सूचीमा रहेको रेसुंगा रहेको छ ।
यस्तै सानो रेसुंगा, इस्मा दरबार, कंके देउराली, कतिबेला पुयौं लाग्ने भुवने पार्क, विचित्र गुफा, काठे गाई संरक्षित गौशाला, चराको अवलोकनका लागि रेसुंगा बन, रिडिधाम, मुसिकोट दरबार, गुल्मी दरबार, तथा चाडपर्वमा प्रस्तुत हुने सरायँ नाँच, मुख्यतः जाउँ हिड रेसुंगा अभियानले पहिल्याएका पर्यटकीय क्षेत्र हुन् ।
अभियान मार्फत लक्ष्य के छ रु
यस अभियान मार्फत यस जिल्लामा आन्तरिक तथा बाह्य पर्यटन १ लाख पर्यटन ल्याउने लक्ष्य रहेको नगरप्रमुख पन्थीको भनाइ छ।
जिप लाइन, निजि क्षेत्रसँग समन्वय गरि अगाडि बढ्ने, लगानी सम्मेलनको तयारी, रेसुंगा भ्रमण वर्ष , पर्यटकी गतिविधि सञ्चालन गर्न छिमेकी जिल्ला सँग समन्वय गरि अगाडि बढ्ने योजना रहेको उहाँले बताउनुभयो । स्थानीय परिकारको प्रवर्द्वन, खाना महोत्सव गर्ने लगायतका योजना पनि रहेका छन् ।
स्थानीय पर्यटन व्यवसायी के भन्छन् रु
पर्यटन व्यवसायी सुर्दशन खनाल भन्नुहुन्छ, झ बल्ल स्थानीय सरकार भएको महसुस भएको छ ।ञ सरकारको साथ नभए व्यवसायीले लगानी नगर्ने उहाँको भनाइ छ । यो अभियान सुभारम्भ हुनुले सुखद अनुभूति भएको उहाँको भनाइ छ ।
रेसुंगा संरक्षण समितिद्वारा अभियानलाई स्वागत
रेसुंगा नगरपालिकाले सञ्चालन गरेको अभियानलाई रेसुंगा संरक्षण समितिले स्वागत गरेको छ । संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले सबैको ध्यान रेसुंगाको विकासका लागि हुनुपर्ने बताउनुभयो । नगरपालिकाले रेसुंगाका हरेक अभियानमा सहयोग पुर्याएको बताउनुभयो ।