खर्च घटाउन सेनाको संख्या घटाउने होइन, प्रदेश संसचना खारेज गर्नुपर्ने : लिङदेन
काठमाडौं । प्रतिनिधिसभा बैठकमा वोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुन प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्नुभयो । विदेशीले सूचना दिएपछि यो काण्ड बाहिर आएको भन्दै उहाँले भरिया बोकेर तस्कर जोगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । लिङ्देनले सुन प्रकरणमा अहिलेसम्म भएका अनुसन्धान चित्तबुझ्दो नरहेको पनि बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनु भएका सांसद लिङदेनले नेपाली सेनाको संख्या कटौती गर्ने भनेर आइरहेका विभिन्न प्रस्तावबारे सरकारको धारणा माग गर्नु भएको छ ।
उहाँले खर्च घटाउन सेनाको संख्या कटौती गर्ने होइन, प्रदेश संसचना खारेज गर्नुपर्ने बताउनु भएको छ ।
‘अहिले नेपाली सेनाको संख्या घटाउने कुराहरु आइराखेका छन्, वा सेनाविहीन देश बनाउने कुरा आइरहेका छन् । म यसमा माननीय रक्षामन्त्रीको धारणा माग गर्दछु’ उहाँले भन्नु भयो ‘सरकारको खर्च घटाउन सेनाको संख्या कटौती गर्ने होइन, प्रदेश खारेज गर्नुपर्छ। किन चाहियो प्रदेशरु केन्द्रमा किन चाहियो दुईवटा सभा ? स्थानीय तहलाई प्रभावकारी बनाऔँ, प्रदेश खारेज गरौँ ।’