सत्तारुढ दलका सांसदले नै मागे सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शर्माले सुन प्रकरणमा भरियामात्रै पक्राउ गरेको र मुख्य दोषीलाई पक्राउ गर्न नसकेको अवस्थामा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।
उहाँले यसअघि पनि बिभिन्न प्रकरणमा नाम जोडिएपछि राजीनामा दिने गरेको स्मरण गर्दै अहिले उक्त प्रकरणलाई निष्कर्षमा पुराउन राजीनामा दिएर सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
शर्माले सुन प्रकरण नेपाली जनतासंगको प्रश्न भएकाले गाँउको भरियालाई मात्रै पक्राउ गरेर नाइकेलाई भगाउने प्रयास गरि सदनमा आमरण अनसन बस्ने बताउनुभयो ।
उहाँले समय तोकेर नै सरकारले सुन प्रकरणको मुख्य नाइकेलाई पक्राउ गर्न सक्नुपर्ने जिकिर गर्नुभयो ।