सुन तस्करीमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेद्वारा संसद अवरुद्ध
काठमाडौं । नेकपा एमालेका सांसदहरुले सुन तस्करीमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नारावाजी गरेपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मीक समय सकिएपछि सभामुखले शुन्य समयको कारवाही प्रारम्भ गर्दा एमालेका सांसदहरुले नारावाजी गरेका थिए । बैठकमा एमाले सांसदहरुले सुन प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए, तर सभामुखले शुन्य समयको कारवाही अघि बढाउन खोजेपनि एमाले सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरेका थिए ।
एमाले सांसदहरुले नारावाजी गरेपछि कार्यसूचीमा रहेका सम्पूर्ण बिषयहरुलाई हटाउदै साउन १५ गते सोमबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।