काठमाडौं मै पहिरोले घर पुर्दा बाबु–छोरीको मृत्यु

काठमाडौं । तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु–छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
गणेशकी ३५ वर्षीया श्रीमती सञ्जु तामाङको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ । छोरा भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनी घरबाहिर रहेको बताइएको छ ।
घरमुली गणेश ४१ वर्षका थिए भने उनकी १५ वर्षकी थिइन् ।
भिरालो ठाउँमा घर भएकाले माथिबाट खसेको पहिरोले घर पुरेको बताइएको छ ।