दक्षिणपन्थी सरकार बनाउन आफुलाई पार्टीबाटै निकाल्ने षडयन्त्र भएको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी सरकार बनाउन आफुलाई पार्टीबाटै निकाल्ने षडयन्त्र भएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा वाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालिन अवस्थामा पार्टीको बरिष्ठ नेता हुँदाहुँदै माधव नेपालले आफुलाई पार्टीबाट निकाल्ने षडयन्त्र गरेको र दक्षिणपन्थी सरकार बनाउन खोजेको बताउनुभएको हो ।

आफुलाई पार्टीबाट निकाल्ने षडयन्त्र असफल भएपछि माधव नेपालले प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाउन मद्धत गरेको उहाले बताउनुभयो । दुईतिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर पार्टीमा बसेर सरकार गिराउन भोट दिएको ओलीको भनाइ छ । अध्यक्ष ओलीले बामपन्थी चिन्तनलाई अहिले यथास्थीतिवादी प्रतिकृयाबादीहरुले सुन्न पनि नचाहेको बताउनुभयो । साइनबोर्ड बामपन्थी राखेर स्वार्थ बोकेकाहरुले दक्षिणपन्थी झोला बोकेको उहाले टिप्पणी गर्नुभयो ।

कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बिभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई पार्टीको बिचार र बुझाईमा एकरुपता ल्याउन चूनौति रहेको भन्दै प्रशिक्षणमार्फत यसलाई समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।