गजुरीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु, १७ घाइते
काठमाडौँ । धादिङको गजुरीमा भएको बस दुर्घटनामा अहिलेसम्म २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । । धादिङ प्रहरीका अनुसार घाइते मध्ये १३ जनलाई काठमाडौं रिफर गरिएको छ भने ४ जनाको मलेखुमा उपचार भइरहेको छ।
काठमाडौंबाट बेनी, बागलुङतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान ११ बजे धादिङको गजुरी गाउँपालिका–२, स्थित चालिसेबाट त्रिशूली नदीमा खसेको थियो । वस सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।