सीआईबीलाई आवश्यक परे मलाई पनि अनुसन्धन गरे हुन्छ भनेको छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार काण्डहरुमा जोसुकै जोडिए पनि छानविन गर्न सीआइवीलाई आफूले निर्देशन लिएको बताउनु भएको छ । उहाँले आफ्ना पार्टीका नेताहरुमाथि छानबिन नगर्न सीआईवीलाई दबाब दिएको भन्ने आरोप असत्य भएको बताउँनु भएको छ ।
सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भने, ‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई हान्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भएपनि गर्दाजाँदा बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनिसकेको छु । यो कुरा मैले गहिरोगरी सबैलाई विचार गर्न अनुरोध गर्छु ।’
गठबन्धन मोर्चा अघि बढाइसकेपछि प्रतिक्रियावादीहरुलाई खपिनसक्नु भएको टिप्पणी गर्दै आफूहरुले चार पार्टी मात्रै नभएर देशको सिंगो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने अभियानमा रहेको बताउनु भएको छ ।