श्रृजनशील उद्यमी मेला सुरु, घरेलु तथा हस्तकलाका सामाग्री र तीज विशेष खानाका परिकार प्रदर्शन

काठमाडौं । महिला श्रृजनशील केन्द्रको आयोजनामा श्रृजनशील उद्यमी मेला शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।
श्रृजनशील महिलाको एउटै नारा, उद्धम गरौ, बनौ आत्मनिर्भर भन्ने नाराका साथ काठमाडौंको दरवारमार्गस्थीत होटल अन्नपूर्णमा आयोजना गरिएको उद्यमी मेला भाद्र १७ गतेसम्म चल्ने महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिएकी छिन् ।
मेलामा विशेषतः घरेलु तथा हस्तकलाका सामाग्रीहरुको प्रर्दशनी, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशीलता र वित्तीय पहुँचसम्बन्धी अन्तक्रिया लगायतका कार्यक्रम राखिएको उनले बताए ।
महिलाहरुले उत्पादनका वस्तुहरुको सहज रुपमा बजारीकरण गर्न र महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न मेलाको आयोजना गरिएको उनको भनाइ छ ।

८० भन्दा बढि स्टल रहेको मेलाको दश हजार बढिले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।