महिलाको कान काटेर लुटियो सुनको गहना
सर्लाही । सर्लाहीको ब्रम्हपुरीमा घाँस काटिरहेकी एक महिनाको कान काटेर सुनका गहना लुटिएको छ । भारतीय सीमा नजिकै पर्ने ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवन नगर निवासी ६० वर्षीया सुमित्रादेवी रायलाई बुधबार दिउँसो अपरिचित एक व्यक्तिले आक्रमण गरेर घाइते बनाएपछि सुन लुटेर लगेका प्रहरीले जनाएको छ ।
लुटेरासँग प्रतिकार गर्दा घाइते भएकी उनको वीरगञ्जमा उपचार भइरहेको छ । लुटेराको प्रतिकार गर्दा सुमित्रादेवीको कान काटेर लुटेराले सुन लुटेका हुन् । त्यसक्रममा टाउकोमासमेत गहिरो चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
लुटेरा स्थानीय नै भएको आशंका गरेको प्रहरीले लुटेरा समूहको खोजी भइरहेको जनाएको छ ।