प्रचण्ड सरकारमाथि शेखर–गगन समूहको प्रश्न, कोशीमा अब नयाँ ढंगले सोच्नुपर्ने निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति वैठक यही असोज ४ गते बस्दै छ । वैठकका एजेण्डाबारे छलफल गर्न नेता डा. शेखर कोइराला–महामन्त्री गगन थापा समूहको छुट्टै बैठक बसेको थियो । बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकमा आगामी केन्द्रीय समितिको बैठकको रणनीतिबारे छलफल भएको छ ।
सो समूहका नेता दिलेन्द्र बडूका भने, ‘कार्यतालिकामा छलफलपछि र बैठकको निर्णयलाई कार्यान्वयन गराउँनुपर्छ। पार्टीलाई थप क्रियाशिल पार्ने र आगामी कार्यदिशाबारे छलफल भएको छ ।’
बैठकमा महासमितिको बैठकबारे पनि छलफल भएको बताए ।
उनले भने, ‘पार्टी अझै सशक्त हुनुपर्छ पार्टीलाई एक्लै चुनाव लडेर पनि बहुमतको सरकार बनाउन सक्ने तयारी अवस्थामा पुर्‍याउनुपर्छ ।’
नेता वडुले वैठकमा सरकार कामको बारेमा समीक्षा गरेको बताएका छन् । बैठकमा पार्टीको साझा एजेण्डाको विषयमै केन्द्रित भएर छलफल गरेको उनको भनाइ छ । उनले भने, ‘केन्द्रीय समितिको बैठकबारे छलफल गर्नको लागि बैठक राखिएको हो । सूचना भएका साथीहरू हुनुहुन्छ कति हुनुहुन्न । जो सूचना भएको आउनुभएको छ ।’
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमाथि प्रश्न उठेको छ । बैठकपछि कांग्रेस सांसद सञ्जय गौमतले सरकारको कामबारे आफूहरुलाई चित्त नबुझेको कुरा बैठकमा राखेको बताए ।
उनले भने, ‘सरकारको कामबारे हामीलाई चित्त बुझेको छैन । हाम्रो पार्टीको प्रधानमन्त्री नभएपनि यो सरकार हाम्रो पार्टीको समर्थनमा बनेको छ ।’
बैठकमा कोशी सरकारको विषयमा पनि न्यायसंगत नभएको आफूहरुको निष्कर्ष भएको सुनाए । उनले भने, ‘कोशी सरकारको विषयले राजनीतिक रुपमा पनि अफ्ठ्यारो पारेको छ । संवैधानिक र संस्थागन रुपमा पनि अफ्ठ्यारो पारेको छ । नयाँ ढंगले सोच्नुपर्छ ।