सुन तस्करी प्रकरणको छानविन गर्न चार सदस्यीय जाँचबुझ आयोग गठन

काठमाण्डौ । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्व न्यायाधीश डिल्लिराज आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्चअदालतका पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा अर्थ विज्ञ किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा सदस्य रहेको जाँचबुुझ आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भएको छ ।
आयोगले सुनको अवैध तस्करी र पैठारी सम्बन्धी अध्ययन गरी प्रतिवेदन पेश गर्ने सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले जानकारी दिनु भएको छ ।