सेयर बजारलाई स्वस्थकर बनाउँदै सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताउनुभएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार काठमाडौंमा आयोजना गरेको वल्र्ड इन्भेस्टर विक–२०२३ मा बोल्दै अर्थमन्त्री महतले सेयर बजारलाई स्वस्थकर बनाउदै आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताउनुभएको हो ।
इनसाइडर ट्रेनिङ र सूचना लिक हुने प्रवृत्तिलाई धितोपत्र बोर्डले नियमनको दायराभित्र ल्याउनुपर्ने उहाँले बताउनुभयो । उहाँले लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्ने र सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी रहेको धारणा राख्नुभयो ।
महतले विविध कारणले सेयर बजार अहिले तल झरेको र माइक्रो म्यानेजमेन्टमा समस्या भएकाले समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सेयर बजार सुधारका लागि केही निर्णय चाडै आउने जिकिर गर्नुभयो ।