एमाले कोशी प्रदेशको अध्यक्षमा खतिवडा निर्वाचित
काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित हुनुभएको छ ।
एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको मतपरिणामअनुसार उहाँले पाँच सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनुभएको छ भने सचिवमा राजकुमार भण्डारी विजयी हुनुभएको छ । त्यस्तै दुई जना उपसचिवमा जलबर्षा राजवंशी र देवान र्राई विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कोशी प्रदेशको १ सय ३७ पालिका र विभिन्न जनवर्गिय संघ संगठन तथा मजदुर र दलित गरी ९ सय ९७ जना मतदाता रहेको मा ९ सय ७७ जनाले मतदानमा भाग लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।