नेपालगञ्जमा अनिश्चितकालिन कफ्र्यु आदेश जारी, सामाजिक सद्भाव कायम गर्न र्याली
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आज मध्यान्हदेखि अनिश्चितकालीन कर्फ्य आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताएका छन् ।
केही दिन यता नेपालगञ्जमा धार्मिक तनाव बढेको छ । दुई समुदायबीच बढेको तनावले उग्ररुप लिने अवस्था देखिएपछि प्रशासनले कर्फ्य आदेश जारी गरेको हो । नेपालगञ्जमा आइतबार मुस्लिमहरुले प्रदर्शन गरेका थिए भने आज हिन्दु समुदायले शक्ति प्रदर्शन गरेको छ ।
यसैवीच सामाजिक तथा धार्मिक सद्भावका लागि नेपालगन्जमा मंगलबार बृहत् सद्भाव र्याली निकालिएको छ ।
सोमबार बसेको सर्वदलीय बैठकको निणर्यअनुसार धार्मिकसहिष्णुता कायम गर्न बृहत् सद्भाव र्याली निकालिएको हो । सामाजिक सद्भाव नेपालगन्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन विभिन्न धर्मगुरुहरूको सहित नेपालगन्जमा सद्भाव ¥याली निकालिएको प्रशासनले जनाएको छ ।
नेपालगन्जको वीपीचोकबाट सद्भाव र्याली निकालिएको हो । र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । जिल्लाका राजनीतिक दल, नागरिक समाजका अगुवा समेतले सामाजिक तथा धार्मिक सद्भावलाई थप बलियो बनाउन आम नगरबासी र जिल्लावासीमा अपिल गरेका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै केहि ब्यक्तिहरुले स्टाटस पोष्ट गरेको विषयमा बादबिबाद भएपछि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय भेला बोलाइएको थियो ।
कुनै पनि व्यक्ति, संघ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पु¥याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुने गरी कुनै पनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पु¥याउने कानुन विपरीतका कुनै पनि गतिविधि नगर्नु स्थानीय प्रशासनले अपील गरेको छ । कोही कसैबाट कानुन विपरीतका यस्ता गतिविधि भएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित नेपाल कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ ।