विशिष्ट छन्दसाधाना पुरस्कार वरिष्ट कवि भुवनहरि सिग्देललाई प्रदान

काठमाडौं । यस बर्षको विशिष्ट छन्दसाधाना पुरस्कार वरिष्ट कवि भुवनहरि सिग्देललाई प्रदान गरिएको छ ।
छन्द–तरङ्गको पाँचौं बार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरले वरिष्ट कवि भुवनहरि सिग्देललाई उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै छन्दसाधना युवा प्रतिभा पुरस्कार २०८० बाट युवाकवि कविराज पौडेललाई प्रदान गरिएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै सभामुख घिमिरेले कविहरुले सिर्जनामार्फत समाजको चित्रण, गन्तव्यलाई कलम चलाउने र राजनीति गर्नेले पनि समाजको चित्रण, गन्तव्यका लागि काम गर्ने भएकाले समानता रहेको बताउनुभयो । उहाँले गाँउगाँउमा समाजलाई सचेत गराउनका लागि श्रष्टाहरु र राजनीतिज्ञहरुले एक आपसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
नगद रु. २५ हजार र प्रमाणपत्र रहेको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र १५ हजार र प्रमाणपत्र रहेको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’को रकममा यस वर्षदेखि वृद्धि गरी क्रमशः ४० हजार र २० हजार पुराइएको छ । छन्द–तरङ्गले २०७६ सालदेखि हरेक वर्ष छन्द कविताका एक जना विशिष्ट साधकलाई विशिष्ट छन्दसाधना र २०७९ सालदेखि चालिस वर्षभित्रका एक जना युवाकविलाई ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।