मुख्यमन्त्री कार्कीको आज शपथ

विराटनगर । हिजो कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम रहेको छ ।
कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आजै आफूलाई सहयोग गर्ने नेकपा एमाले र कांग्रेस विद्रोही समूहलाई समेटेर सानो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
कांग्रेस विद्रोही समूहका दुई र एमालेका दुई जनालाई मन्त्री बनाउने तयारी कार्कीले गरेको स्रोतको दावी छ । मुख्यमन्त्री नियुक्त भएको केही घण्टामै काठमाडौंमा शेखर कोइरालासँग छलफल गरेका मुख्यमन्त्री कार्कीले सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।