संयुक्त राष्ट्रसंघको भ्रमणका बेला शान्तिप्रक्रियाका बारेमा देश बिभाजनमा रहेको देखाउनु दुर्भाग्य : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको भ्रमणका बेला शान्तिप्रक्रियाका बारेमा नेपालका केही नेताहरुले देश बिभाजनमा रहेको देखाउनु दुर्भाग्य भएको बताउनुभएको छ ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाका बिषयका अन्तर्राष्ट्रिय समूदायको साथ पाइरहेको अवस्थामा नेपालका केहि नेताहरुले शान्ति प्रक्रियाका बिषयमा देशबिभाजित देखाउनु दुर्भाग्य भएको बताउनुभएको हो ।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससंग आइतबार भएको भेटमा एमाले अध्यक्ष केपी ओलीले एमाले शान्तिप्रक्रियाई निष्कर्षमा पुर्याउन तयार रहेपनि सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन ढिलाइ गरिरहेको जिकिर गर्नुभएको थियो । त्यसलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिनुभएको हो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्बोधन नेपालको हितमा रहको र निकै सकारात्मक रहेको जिकिर गर्नुभयो ।

जलवायु परिवर्तनको असरपछि नेपाललाई सहयोग गर्नुपर्ने, नेपाललाई संसारले माया गर्नुपर्ने लगाएत गुटेरेसको सम्बोधन नेपालको पक्षमा रहेको उहाँले बताउनुभयो । उहाले आफ्नो निमन्त्रणमा आउनुभएको गुटेरेसको भ्रमण नेपालका लागि राम्रो भएको जिकिर गर्नुभयो ।