काठमाडौँको गोठाटारमा गोली चल्यो, ब्राउन सुगर र पेस्तोलसहित २ जना पक्राउ
काठमाडौँ । गोठाटारमा प्रहरीले चलाएको गोलिबाट एक भारतीय नागरिक घाइते भएका छन् । लागू औषध कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा गोली चलाउनुपरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ।
घाइते भए पछि नियन्त्रणमा लिइएका भारतीय नागरिक मोहमद करिमको साथबाट लागूऔषध तथा पेस्तोल वरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
दाहिने दिघ्रामा गोलि लागेका करिमलाई उपचारका लागि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको छ । करिमको साथबाट प्रहरीले ६.७५ एमएमको पेस्तोलका साथै दुई सय ग्राम लागूऔषध ब्राउनसुगर पनि बरामद भएको बताएको छ ।
भारतको नक्सलबाढीका ४८ वर्षीय करिमसँगै झापाको कचनकवल–८ का हर्क लिम्बु पनि पक्राउ परेका छन् । लिम्बु सहयोगी भएको बुझिएको छ ।