भरतपुर महानगरपालिकाले ‘भिजिट भरतपुर २०२४’ अभियान सञ्चालन गर्ने

चितवन । चितवनको भरतपुर महानगरपालिकाले ‘भिजिट भरतपुर २०२४’ अभियान सञ्चालन गर्ने भएको छ ।

भरतपुर महानगर र नेपाल पर्यटन बोर्डले बुधबार संयुक्त रुपमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले महानगरले उपयुक्त समयमा चितवनमा लुकेका गन्तव्यलाई प्रकाश पार्न थालेको ‘भ्रमण वर्ष २०२४’ अभियानलाई सफल बनाउनुपर्ने बताउनुभयो ।

पर्यटन प्रवद्र्धनका लागि सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नाराका साथ भरतपुर भ्रमण वर्ष अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । भ्रमण वर्षमा लगानी सम्मेलन, हेरिटेज म्याराथन, सरकार जङ्गल फेस्टिवल, साहित्यिक कार्यक्रम लगाएतका कार्यक्रम हुने महानगरले जनाएको छ ।