क्यानडाको राजदूतमा सिफारिस पौड्यालको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ ।

आइतबार बसेको समितिको बैठकले पौड्यालसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको बताइएको छ ।

कात्तिक २ गते मन्त्रिपरिषद बैठकले पौड्याललाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो । सुनुवाइ समितिले १५ कात्तिकमा पौड्यालविरुद्ध उजुरी आह्वान गरेको थियो ।

समितिमा पौड्यालविरुद्ध दुईवटा उजुरी परेको थियो । समितिबाट अनुमोदन भइसकेकाले अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने बाटो खुलेको छ ।