पौष ६ गते देखि १६ गतेसम्म मोरङ व्यापार संघ एक्सो
काठमाडौं । मोरङ व्यापार संघको आयोजनामा पौष ६ गते देखि १६ गने सम्म विराटनगरमा मोरङ व्यापार संघ एक्सो २०२३ आयोजना हुने भएको छ ।
सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संघले अन्तराष्ट्र्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले प्रदर्शनीले केही मात्रामा भएपनि बजार चलायमान हुने बताउनुभयो ।
अध्यक्ष रिजालले औद्योगिक क्षेत्रमा भईरहेको नविनतम प्रविधिको प्रयोग बारे जानकारी गराउन, कृषि क्षेत्रको व्यवसायीकरण गर्न तथा उत्पादक र उपभोक्ता बीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
सो प्रदर्शनी करिब ४ लाख दर्शकहरुले अवलोकन गर्ने र करिब १५ करोड रुपैया बराबरको कारोबार हुने अध्यक्ष नविन रिजालले बताउनुभयो । १० दिन सम्म आयोजना हुने सो कृषि तथा औद्योगिक अन्तर्रााट्र्रय प्रदर्शनीमा कृषि, पशुपालन, अटोमोबाइल्स, विज्ञान प्रविधि, औद्योगिक उत्पादन लगायतका २ सय ५० वटा स्टलहरु राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।