द्रूत बस सेवालाई विस्तार गरिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रूत बस सेवालाई विस्तार गरिने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सुर्यबिनायकसम्म सञ्चालनमा रहेको द्रूत बस सेवाको अनुगमन गर्दै मन्त्री ज्वालाले यसलाई प्रभावकारी बनाउदै अन्य रुटमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनुभएको हो ।

मन्त्री ज्वालाले चक्रपथ लगाएत अन्य रुटमा सेवा विस्तार गर्न सकिने बताउनुभयो । उहाँले सार्वजनिक सवारी यातायातलाई व्यवस्थीत गर्दै सुरु गरेको सेवा सञ्चालमा केहि चूनौति र समाधान रहेको भन्दै त्यसलाई समाधान गर्दै दिगो बनाउने धारणा राख्नुभयो ।

अनुगमनका क्रममा मन्त्री ज्वालाले सुर्यबिनायकदेखि जडिबुटीसम्म द्रुत बसमा चढेरै बस सेवाको अनुगमन गर्नुभएको थियो । हाल सो रुटमा प्रत्येक ३– ३ मिनेटको फरकमा ३६ वटा बस संचालनमा रहेका छन् ।