मुलुकलाई आर्थिक रुपमा बलियो बनाउन राष्ट्रिय पूंजीको विकास गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन
बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय पूंजीको विकास हुन नसकेको चिन्ता गर्दै प्रदेश प्रमुख शेरचनले मुलुकलाई आर्थिक रुपमा बलियो बनाउन राष्ट्रिय पूंजीको विकास गर्नुपर्ने बताउनुभएको हो । शुक्रबार प्रदेश प्रमुखकै कार्यालय बुटवलमा आदिवासी जनजाती आयोगले तयार पारेको वार्षिक प्रतिवेदन बुझ्दै उहाले नेपाल जलश्रोत, बनजंगल र खानीको धनी भएको उल्लेख गर्दै उत्पादनलाई बढाएर निर्यात गर्नु पर्नेमा जोड दिनुभयो ।
आदिवासी समूदायलाई अगाडी बढाउन तीनै तहका सरकारले आवश्यक नीति नियम बनाउनु पर्ने र त्यसका लागि आदिवासी जनजाती आयोगले काम गर्नुपर्ने प्रदेश प्रमुख शेरचनको भनाइ छ ।
आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाउंदै आदिवासी जनजाती आयोगका सदस्य डाक्टर मिनबहादुर श्रीषले संविधानले आदिवासी जनजातीको हक अधिकार संरक्षण, सम्बद्र्वन र प्रवद्र्वनका लागि आयोगले व्यवस्था गरेको बताउनुभयो ।