छैठौ राष्ट्रिय झण्डा दिवस मनाइयो

काठमाडौं । पुस १ गते विभिन्न कार्यक्रम गरी छैठौ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको बसन्तपुरमा बिभिन्न कार्यक्रम गरि राष्ट्रिय झण्डा दिवस मनाएको हो ।

प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । ०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको छ ।

प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवसका साथै राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।