यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष

काठमाडौं । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ ।

विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको हो ।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर प्रतिवेदन तयार गरेको थियो । जाँचबुझ आयोगले व्ल्याक बक्स, ककपीट भ्वाईस लगाएत सवै बिषयको अध्ययन अनुसन्धान गरेको जाँचबुझ आयोगका संयोजक घिमिरेले बताउनुभयो ।

प्रतिवेदन बुझ्दै मन्त्री किरातीले आयोगले दिएको सुझाव कडाइका साथ मन्त्रालयले कार्यान्वयन गर्ने र मातहतका निकायलाई पनि कार्यान्वयन गर्न निर्देशन दिने बताउनुभयो ।

पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएपछि सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।