ईपीएस परीक्षामा आवेदन दिने सवैलाई सामेल गराउन उच्च अदालतको आदेश
काठमाडौँ । ईपीएस भाषा परीक्षामा सबैलाई सामेल गराउन उच्च आदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजालसले शुक्रबार यससम्बन्धी रिटमा सुनुवाइ गर्दै आवेदन दिन इच्छुक सबैलाई सामेल गराउन आदेश दिएको हो ।
यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीलाई पनि सामेल गराउन आदेश दिएको हो । यसअघि ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिने भने पछि अरु विद्यार्थीहरु आक्रोशित भएका थिए ।
युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा दुई युवाको मृत्यु भएको छ । झडपपछि पाटन अस्पताल र किष्ट अस्पतालमा उपचारत युवाहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरेन्द्र शाह र २३ वर्षीय सुजन राउत छन् ।
राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन । बरु छातीमा दाग देखिएको छ ।