नागरिक उन्मुक्तिको महासचिवमा धर्म र गंगाको भिडन्त
टिकापुर । नागरिक उन्मुक्ति पार्टीकाे प्रथम महाधिवेशनबाट महासचिव वाहेकका सबै पदाधिकारीमा निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार महासचिवमा धर्म बहादुर चाैैधरी र गंगाराम चाैधरीकाे उम्मेदवारी परेकाे छ । साेही पदमा ठाकुरसिंह थारुले पनि मनाेनयन दर्ता गरेका थिए । तर, थारु सहमतिका लागि मनाेनयन फिर्ता गरिसकेका छन् ।
महासचिवमा सहमतिका निम्ति छलफल भएतापनि कुनै टुङ्गो लाग्न सकेन । अहिले निर्वाचन समितिका टिमले मतदानमा जाने तयारी भएको जनाएको छ ।
धर्म चाैधरी लुम्बिनी प्रदेश सरकारका भाैतिक पुर्वाधार मन्त्री हुन् भने गंगाराम प्रतिनिधिसभा सदस्य हुन् । गंगाराम हालसम्म पार्टीका सचिव थिए भने धर्म केन्द्रीय सदस्य थिए ।