कतारबाट आएका झापाका युवक आधा किलो सुनसहित काठमाडौंमा समातिए

काठमाडौं । त्रिभुवन विमानस्थलबाट ४९९ ग्रामसहित एक जना पक्राउ परेका छन् ।

कतार एयरको जहाजबाट दोहा हुँदै काठमाडौं आएका झापाका २३ वर्षीय खगेन्द्र भण्डारीलाई भन्सार कार्यालयले पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार दर्जीलाई बिहान १० बजे पक्राउ गरिएको हो ।

त्रिभुवन भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको पाण्डेले बताए ।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा लगिएकोमा भन्सारले प्रहरी वृत्त गौशालाको हिरासतमा पठाएको छ ।

उनले कसको लागि सुन ल्याएका थिए भन्नेबारे अनुसन्धान भइरहेको पाण्डेले बताए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ पाण्डेले भने, ‘गौशाला वृत्तको हिरासतमा पठाएका छौं ।’

त्रिभुवन विमानस्थलमा पछिल्लो समय सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ ।