सरकारी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरीसँगै तीन जना पक्राउ
काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनलाई पक्राउ गरेको हो ।
काठमाडौंस्थित आफ्नै निवासबाटै उनी पक्राउ परेका हुन् । उनको पक्राउबारे औपचारिक रुपमा प्रहरीले जानकारी नदिए पनि बाँसबारी छाला जुत्ता उद्योगको जग्गा प्रकरणलमा पक्राउ गरिएको बताइएको छ ।
बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सीजी चाँदबाग कम्पनीको नाममा सारेर हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि चौधरीसँगै अरु दुई जना पनि पक्राउ परेका छन् ।
सीआईबीले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरका साथै बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ ।
उनीहरुलाई बिहीबार नै हिरासतमा राख्ने अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।