थापाथलीस्थित प्रसुती गृहबाट २६ दिनको बच्चा चोरी
काठमाडौं । थापाथलीस्थित परोपकार स्त्री तथा प्रसुती रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको छ ।
बच्चा गायब भएको भन्दै एक महिलाले प्रहरीमा उजुरी दिएकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार बच्चा खोजीका लागी प्रहरी टोली परिचालन भएको छ ।
काभ्रे घर भएकी एक महिलाको २६ दिनको बच्चा चोरी भएको भन्दै उजुरी दिएकी हुन् । अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै एक जना महिलाले बच्चा लिएकी थिइन् ।
शुक्रबार दिउँसो १२ बजेतिर बच्चा चोरी भएको र अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।