एमालेका ८ मन्त्रीको टुंगियो जिम्मेवारी, प्रधानमन्त्री पछिको वरियतामा महासठे

काठमाडौं । नेकपा एमालेबाट सहभागी हुने आठ मन्त्रीको जिम्मेवारी पनि टुंगिएको छ । एमालेबाट सचिव रघुवीर महासेठले नेतृत्व गर्दैछन् । उनलाई उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयमा पठाइएको छ । उनी प्रधानमन्त्री पछिको वरियतामा रहने भएका छन् ।
त्यस्तै पदम गिरी, कानून न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् भने हरि उप्रेती, रक्षामन्त्री ।
त्यस्तै भगवती चौधरी, महिला बालबालिका, राजेन्द्र राई, खानेपानी, दामोदर भण्डारी, उद्योग तथा वाणिज्यमन्त्री भन्ने भएका छन् भने ज्वालाकुमारी साह, कृषि, बलराम अधिकारी, भूमि व्यवस्था मन्त्री बन्ने भएका छन् ।