एकतर्फीरुपमा प्रधानमन्त्रीले अविश्वासनीय तवरले गठबन्धन तोडेको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले एकतफीरुपमा प्रधानमन्त्रीले अविश्वासनीय तवरले गठबन्धन तोडेको आरोप लगाउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लेखकले मुलुकमा दिगो शान्ति, सुशासन, संविधानको रक्षाका साथै विकास र समृद्धि प्राप्त गर्न गठबन्धन बनाउने सहमति भएपनि प्रधानमन्त्रीले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर एकतर्फीरुपमा अविश्वासनीय तवरले विश्वास तोडेको आरोप लगाउनुभएको छ ।

निर्वाचनका समयमा नेपाली जनताका बीचमा बोलेका बाचाह्रु, प्रतिज्ञाहरुलाई वेवास्ता गर्दा कांग्रेसप्रति मात्रै नभई संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्ध कुठराघात भएको उहाले बताउनुभयो ।

त्यस्तै उहाँले गठबन्धन तोडेर प्रधानमन्त्रीले जनताको पनि अपमान गरेको जिकिर गर्नुभयो । लेखकले कपोकल्पित कथा बुनेर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धनलाई भत्काउने र अविश्वसनीय काम गरेकाले यो राजनीतिक बेइमानी पनि भएको धारणा राख्नुभयो । उहाँले निरन्तर गठबन्धन भत्काउने र सरकार बनाउने खेलका कारण मुलुकमा राजनीतिक स्थीरता हुन नसक्ने जिकिर गर्नुभयो ।

लेखकले माओवादीले सवै दललाई धोका दिइसकेको भन्दै धोका पाएका एकैठाउँ उभिए के हुन्छ भन्दै प्रश्न गर्नुभयो । .

उहाँले सरकारमा रहदा कांग्रेसले सदैव सरकारलाई आवश्यक सहयोग गरेको भन्दै अव रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो ।