काठमाडौंमा चेम्बर एक्स्पो २०२४ सुरु

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा काठमाडौंमा चेम्बर एक्स्पो २०२४ सुरु भएको छ ।

सातौ चरणको चेम्बर एक्स्पो २०२४ फागुन २८ गते सम्म काठमाडौंको भृकुटिमण्डपमा चल्ने छ । एक्स्पोको श्रममन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गर्नुभयो । उहाले स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्न एक्स्पोले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कठिन रहेको नेपाली अर्थतन्त्रलाई चलायमान बनाउनका लागि नेपालको व्यापार व्यवसाय तथा स्वदेशी लाई विश्वसामू उजागर गर्न समेत सहयोग पुग्ने उहाँको भनाइ छ ।

प्रर्दशनीमा हस्तकलाका बस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरुको स्टल रहेका छन् । एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ५० भन्दा बढी स्टल रहेको छ ।