प्रधानमन्त्रीलाई गृहमन्त्रीले बुझाए सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन
तस्कर जोसुकै भएपनि कारवाही गर्न निर्देशन
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन् ।
शुक्रबार बिहान वालुवाटारस्थित निवासमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहाललाई आयोगले तयार पारेको छानविन प्रतिवेदन बुझाएका हुन् ।
आयोगले हिजो गृहमन्त्री समक्ष सो प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले कानुनी रुपमा दोषी देखिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् ।
गृहमन्त्री लामिछानेसँगै प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।