एमालेलाई बिचार, संगठन, नेतृत्वमा बलियो बनाउनुपर्ने पोखरेलको जोड
काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पार्टीलाई निर्णायक विन्दुमा पुराउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन गर्दै आइतबार पोखरेलले मुलुकलाई अघि बढाउनका लागि एमालेलाई बलियो बनाउदै आगामी निर्वाचनमा राष्ट्रिय रुपमा निर्णायक विन्दुमा पुराउनुपर्ने आवश्यता रहेको बताए ।
संगठन सुदृढ नभए पार्टी कमजोर हुने भएकाले एमालेलाई बिचार, संगठन, नेतृत्वमा बलियो बनाउनुपर्ने उनले बताएका छन् ।
पोखरेलले बैठकले गरेको निर्णयहरुका आधारमा राष्ट्रिय शक्तिलाई सुदृढ गर्नुपर्ने बताए । उनले एमालेरुपी राष्ट्रिय शक्ति बनाउन सवै नेता कार्यकताका साथै सिगाें पार्टीपङ्ती लाग्नुपर्ने धारणा राखेका छन् ।
कार्यक्रममा रामप्रित पासवान, पृथ्वी चन्द चौधरी लगाएत एमाले प्रवेश गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बरिष्ठ उपाध्यक्ष पोखरेलले बैठकको अध्यक्षता गर्दै बैठक समापन गरेका हुन । दुई दिनसम्म चलेको बैठकमा करिब दुई हजार पाँच सय सहभागी रहेका थिए ।